×

सुस्मा न्यौपाने
गैँडाकोट । नेकपा एमालेका युवा नेता नवराज कंडेलले कार्तिक ११ गते हुने पार्टिको प्रथम नगर अधिवेशनमा आफुले अध्यक्ष पदमा उमेदवारी दिने बताएका छन् । पार्टिलाई एकतावद्ध बनाउदै नगरमा थप वलियो बनाउन अध्यक्ष पदमा उमेदवारी दिने पक्कापक्की भएको उनले उज्यालो खबरलाई जानकारी दिए ।
विगतमा पार्टि दुईधारमा हुँदा समेत संस्थापन पक्षको नेतृत्व गर्दै पार्टिलाई गम्भिर मोडमा साथ दिएको भन्दै उनले पार्टि एक भएको अवस्थामा समेत सवैलाई मिलाएर नेतृत्व लिने अवस्था आफ्नो काँधमा आएको बताए।गुट रहित एमाले निर्माणमा आफु सदैव लागिरहने भन्दै नेता कंडेलले सबैको सहमतीमा आफुले नेतृत्व गर्ने बताए ।”मेरो स्वार्थ भनेको पार्टि बलियो बनाउनु हो उनले भने :त्यो बाहेक म मा अरु स्वार्थ छैन” ।

एउटै व्याक्तिले लामोसमय समय सम्म पार्टि नेतृत्व गर्दा नयाँ पुस्तालाई अगाडी बढ्न समस्या आउने भन्दै एमाले गैँडाकोटमा नयाँ व्यक्तिले पार्टिको नेतृत्व गर्नुपर्ने आवाज बाहिर आउन थालेको छ ।गैँडाकोट नगरपालिका वडा नं.५ का वडाअध्यक्ष समेत रहेका नेता कडेल युवासंघको राजनितिबाट अगाडी बढेका हुन् । उनलाई नगरका सवैजसो युवा विद्यार्थीहरुको सहयोग रहने देखिन्छ ।

हक्की स्वभावका कडेल पार्टि भित्र र बाहिर जहाँ समस्या परेपनि समाधानका लागि तत्काल अगाडि सर्ने ब्यक्ति हुन । एमाले गैँडाकोटको एकताको प्रथम नगरअधिवेशन यहि कार्तिक ११ गते होटल कालाबन्जरमा हुदैछ । नगरका १८ वडाहरुबाट प्रतिनिधि छनौटको कार्य आजबाट सुरु भएकाे छ ।

तपाईको प्रतिक्रिया