×

नवलपुर विशेष

राजस्व कार्यालय कावासोतीले लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन गर्‍यो

राजस्व कार्यालय कावासोतीले लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन गर्‍यो
नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८र७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टेक बहादुर अर्यालका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अ...

यी हुन् नवलपुरको देवचुलीबाट पक्राउ परेका पाँच जुवाडे !

यी हुन् नवलपुरको देवचुलीबाट पक्राउ परेका पाँच जुवाडे !
नवलपुर । पूर्वि नवलपरासीमा पाँच जुवाडेलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं‍. १४ साहाराचोकमा जुवा खेल्दै गरेका पाँचजना पक्राउ परेका हुन् ।उनिहरुको साथबाट एकलाख एकासी हजार सातसय पाँच रुपैँया बरामद भएको नवलपुर प्रहरीले जनाएको छ । देवचुली १४ स्थित सुरेन्द्र श्रेष्ठको घरमा जुवा खेल्दै गरेको अवस्थामा श्रेष्ठ सहित स्थानीय खोमलाल रिजाल, युवराज न्यौपाने, ओम प्रसाद पौडेल र कृष्ण बहादुर थापा पक्राउ परेको प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभ...

गैँडाकोटको अक्सफोर्ड कलेजलाइ अन्तराष्ट्रिय अवार्ड

गैँडाकोटको अक्सफोर्ड कलेजलाइ अन्तराष्ट्रिय अवार्ड
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्टले अन्तराष्टिय अवार्ड हात पारेको छ ।स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्च (ESQR ) युरोपेली संस्थाले “द क्वालीटि एचिभमेन्ट अवार्ड २०२१” बाट अक्सफोर्ड कलेजलाई सम्मान गर्न लागेको हो । कलेजमा आज आयोजित पत्रकार सम्मलेनमा प्रिन्सिपल हरि भण्डारीले यहि डिसेम्वर ११ मा दुवईमा आयोजना हुने एक विशेष समारोहमा कलेजलाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको ...

महाधिवेशन आइसक्यो, देउवा र पौडेलले छान्न सकेनन् उम्मेदवार !

महाधिवेशन आइसक्यो, देउवा र पौडेलले छान्न सकेनन् उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन संघारमा आइसक्दा पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार छान्न सकेका छैनन्।देउवा पक्षबाट सभापतिमा फेरि पनि शेरबहादुर नै अगाडि सरेका छन्। उनलाई उपसभापति विमलेन्द्र निधिबाहेक तत्काल कसैले पनि चुनौती दिएको छैन। निधि पनि सभापतिका आकांक्षी हुन्। सम्पर्क कार्यालय खोलेर उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन्। देउवाले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलगायत पदमा को-को उम्मेदवार हुने भन्...

गैँडाकोट नगरपालिकामा कार्यरत ८ जना कर्मचारीको सरुवा

गैँडाकोट नगरपालिकामा कार्यरत ८ जना कर्मचारीको सरुवा
गैँडाकोट । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट सिफारिस भई गैँडाकोट नगरपालिकामा कार्यरत आठजना कर्मचारीको सरुवा गरेको छ ।देशभरका एक हजार ६ सय १३ कर्मचारीको सरुवा सूचि अन्र्तगत गैँडाकोट नगरपालिकामा कार्यरत आठजना कर्मचारीको नामावली मन्त्रालयको सूचिमा छ । सरुवाको सूचिमा परेका गैँडाकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले आफुलाई पायक पर्ने निकायमा जान पाँउ भनि निवेदन दिएका थिए ।गैँडाकोट नगरपालिकाबाट सरुवा हुनेहरुमा घमण्ड गिरी,लक्ष्मण राना मगर,सुमन खरेल,बि...

गैंडाकोट स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन

गैंडाकोट स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन
भूमिलाल पौडेल  गैंडाकोट । गैंडाकोट वडा नं. ५ मा निवनिर्मित गैंडाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन भएको छ । स्वास्थ्य चौकीको प्राङ्गडमा आयोजित एक समारोहका वीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले मंगलबार विहान रिवन काटेर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अफ्ना भनाईहरू राख्दै संघीय संरचनामा गैसके पछि सरकार जनताको घरदैलोमा भएको अनुभव गराउन सवै जनप्रतिनिधिहरुको अथक मेहनतका कारण र स्थानिय पूर्वजहरूको योगदानका कारण यो स्वास्थ्य चौकी समय अगावै तयार भ...

नारायणगढ-बुटवल सडकखण्डको म्याद थप गर्न सरकारसंग निर्माण कम्पनीको माग

नारायणगढ-बुटवल सडकखण्डको म्याद थप गर्न सरकारसंग निर्माण कम्पनीको माग
नवलपुर- नारायणगढ–बुटवल सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो । दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जानकारी दिनुभयो । त्यहाँ दैनिक ५०० कामदारले काम गरिरहेको र साइट क्लिरियर गर्ने काम भइरहेको छ । यद्यपि तोकिएको समयमा पूरा हुने अवस्...

कावासोती नगरपालिकाले मनायो १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

कावासोती नगरपालिकाले मनायो १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
कावासोति । पूर्वि नवलपरासिको कावासोति नगरपालिकाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका दिवस मनाएको छ । आईतबार कावासोती नगरपालिकामा “स्वस्थ जीवनशैली हाम्रो आवश्यकताः संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’’ भन्ने नाराका साथ दिवस मनाईएको हो । सोही अवसरमा ६० बर्ष उमेर पुगेका ६ जना महिला स्वास्थ्य स्वयंसेवकाहरुलाई बिदाई समेत गरिएको थियो । बिदाई भएर जाने विश्व कुमारी कंडेल, अम्बिका खड्का, भगवती श्रेष्ठ , रमिला भुजेल , लक्ष्मी देवी काफ्ले र अनितादेवी थनेतला...

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीलाई पराजित गर्दै शर्मा सभापति पदमा विजयी भएका हुन् । शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र जोशी पार्टी सभापति शेरबहादुर देउवा नजिक मानिन्छन् ।