
नवलपुर । नेकपा एमाले गैँडाकोट ८ काे उज्वल टोलमा ४३ सदस्यीय टोल कमिटि गठन गरिएको छ । वडा अध्यक्ष श्रीहरी चालिसेले वडाका सबै टोलमा कमिटि गठन गर्ने अभियान अन्तर्गत उज्वलटोलमा सविना विकको अध्यक्षतामा ४३ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा लक्ष्मी परियार, सचिवमा प्रमोद ज्ञवाली र उपसचिवमा संर्घष पौडेल र निशा पौडेल रहनुभएको छ ।नेकपा एमाले गैँडाकोट ८ मा श्रीहरी चालिसेको नेतृत्वमा वडा कमिटि गठन भएपछि संगठन विस्तारको काम निरन्तर चलिरेहको छ ।