सबल र संगठीत काँग्रेस निर्माणका लागि सभापतिमा उमेद्वारी : महेन्द्रध्वज जिसी
नवलपुर । नेपाली काँग्रेस नवलपुरको फागुुन १९ गते तय भएको १४ औं जिल्ला अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ । सभापति पदका लागि नेताहरुले आन्तरिक रुपमा प्रचारप्रसार अभियानलाइ तिव्र पारेका छन् ।
यसै क्रममा काँग्रेस नवलपुरका पाका नेता महेन्द्रध्वज जिसीले सवल र संगठीत काँग्रेस निर्माणका लागि आफुले उमेद्वारी दिने बताउनुभएको छ । उज्यालोखबर सँग कुरागर्दै नेता जिसीले ४२ वर्षको राजनैतिक र सामाजिक सेवामा सकृय भएको हिसावले समेत आफुलाइ महाधिवेशनको क्रममा प्रतिनिधीहरुले न्याय गर्ने बताउ...


