अनेमसंघ गैँडाकोट ८ मा सवि खवासको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन
गैँडाकोट । अखिल नेपाल महिलासंघ गैँडाकोट ८ को अध्यक्षमा सवि खबास चयन हुनुभएको छ । नेकपा एमालका जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिलासंघका अध्यक्ष कोपिला अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले खवासको अध्यक्षतामा ३१ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा जमुना सुवेदी, सचिवमा शोभा शर्मा अधिकारी, उपसचिवमा सिता सुवेदी र विमला सापकोटा चयन हुनुभएको उहाँले बताउनुभयो । स्थानी...


