×

सुस्मा न्यौपाने
गैँडाकोट । नवलपुरका बाम बुुद्धिजिवी गोपन्द्रकेशरी न्यौपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थायी घर भएका न्यौपानेले जनता समाजवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टीमा स्वागत गर्नुभएको हो । उज्यालो खबरसँग कुरा गर्दै न्यापाने ब्यवहारिक जिवनलाई हेर्दा नेकपा एमालेमै रहेर सेवा गर्नु उत्तम देखिएकोले आफु एमालेमा प्रवेश गरेको बताउनुभयो ।

मुलुकमा विभिन्न राजनैतिक दलहरु भएपनि मुलकका लागि काँग्रेस र एमाले मात्रै निर्णायक हुने भएकाले आफु एमालेमा रहेर देश र जनताको सेवाका लागि कृयाशिल रहने बताउनुभयो ।गैँडाकोटको नमुना उच्च माविका प्राचार्य समेत रहेका न्यौपानेको एमाले प्रवेशले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई थप बल पुगेको छ ।

तपाईको प्रतिक्रिया