×

नवलपुर विशेष

नवलपुर १ मा शंसाक कोइराला १२ सय मतले अगाडि

नवलपुर १ मा शंसाक कोइराला १२ सय मतले अगाडि
गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार डा. शसांक कोइराला १२ सय मतले अगाडि देखिएका छन् । उज्यालो खबरलाई मतगणनास्थलबाट प्राप्त ताजा सूचना अनुसार कोइरालाले ३८६७ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण पौडेलले २६२३ मत ल्याएका छन् । जिल्लाको बुुलिगंटार गाउँपालिकाको गणना भएकोले काँग्रेस उम्मेदवार कोइराला १२४४ मतले अगाडि देखिएका हुन् । नयाँ नयाँ जानकारीका लागि हामिलाई हेर्दै गर्नुहोला ।

नवलपुरकाे देवचुलीमा मतदान सुरु

नवलपुरकाे देवचुलीमा मतदान सुरु
गैँडाकाेट। पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु भएको छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरूवाती अग्रता, एमालेकी विद्या भट्टराई दोस्रो

कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरूवाती अग्रता, एमालेकी विद्या भट्टराई दोस्रो
काठमाडौं ।  कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी विद्या भट्टराईले १२२ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन्।यसैगरी राप्रपाका सुवर्णराज पन्तले ७५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महादेव गुरूङले २८ मत ल्याएका छन्। कास्की-२ मा...

गृहमन्त्रालयले भन्योः ढुक्क भएर मताधिकार प्रयोग गर्नुहोस्

गृहमन्त्रालयले भन्योः ढुक्क भएर मताधिकार प्रयोग गर्नुहोस्
काठमाडौँ–गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ । निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पु¥याउने व्यक्ति दलरसमूह र सङ्गठनमाथि कडा निगरानी राखिएको ब...

अफवाहप्रति भ्रमित नहुनुस, मेराे जित पक्का छ : स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी

अफवाहप्रति भ्रमित नहुनुस, मेराे जित पक्का छ : स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी
गैँडाकोट । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सी ले आफ्नो उम्मेदवारीप्रति फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको छ । बिहीबार गैँडाकोट रिसोर्टमा पत्रकार सम्मेलन गर्दै उहाँले मतदाता समक्ष अन्य दल तथा उम्मेदवारले फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको हो । अन्य दल तथा उम्मेदवारले आफ्नो जित हुने पक्का देखेपछि डरले अफवाह फैलाएको उहाँको भनाई थियो । आफ्नो उम्मेदवारी निष्क्रिय पारेको, स्वतन्त्र भनेको दल र चुनाव चिन्ह भनेको अन्य रहेको जस्त...

बिनोद चौधरी हराउन सकृय लुम्विनी प्रदेश कांग्रेस महामन्त्रीको गोप्य योजना बाहिरियो

बिनोद चौधरी हराउन सकृय लुम्विनी प्रदेश कांग्रेस महामन्त्रीको गोप्य योजना बाहिरियो
नारायण शर्मा नवलपरासी ।  पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका बिनोद चौधरीलाई हराउन लुम्विनी प्रदेशका कांग्रेस महामन्त्री सकृय रहेको तथ्य बाहिरिएको छ ।चौधरी उम्मेदवार रहेकै क्षेत्रका बासिन्दा तथा कांग्रेस लुम्वनी प्रदेशका महामन्त्री बिक्रम खनालले चौधरीलाई हराउन आफना कार्यकर्तासंग गरेको गोप्य कुराकानी ( अडियो) बाहिरीएपछि त्यो भाइरल भएको छ । खनालले आफनो घरमै ( पन्चनगर स्थित घरमा) कांग्रेसका नेताहरुलाई बोलाएर चौधरीलाई हराउन उ...

निकुञ्ज ऐन संशोधन गर्छौँ : कोइराला

निकुञ्ज ऐन संशोधन गर्छौँ : कोइराला
नवलपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वर्षौँदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पञ्चायतकालीन राष्ट्रिय निकुञ्ज ऐनकै कारण समस्या भएको बताए । निकुञ्ज प्रभावित क्षेत्रका जनताका समस्या समाधानका लागि ऐन संशोधन आवश्यक भएको बताए । ‘ऐनकै कारण ...

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई दुई दिने बिदा दिने सरकारको घोषणा

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई दुई दिने बिदा दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्थारविद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि नेपालले बताए ।

भारतबाट अवैधरूपमा भित्र्याइएको माछा चितवनमा नष्ट

भारतबाट अवैधरूपमा भित्र्याइएको माछा चितवनमा नष्ट
चितवन । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु३च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ । कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा ...