गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार डा. शसांक कोइराला १२ सय मतले अगाडि देखिएका छन् ।
उज्यालो खबरलाई मतगणनास्थलबाट प्राप्त ताजा सूचना अनुसार कोइरालाले ३८६७ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण पौडेलले २६२३ मत ल्याएका छन् ।
जिल्लाको बुुलिगंटार गाउँपालिकाको गणना भएकोले काँग्रेस उम्मेदवार कोइराला १२४४ मतले अगाडि देखिएका हुन् । नयाँ नयाँ जानकारीका लागि हामिलाई हेर्दै गर्नुहोला ।

तपाईको प्रतिक्रिया