×

नवलपुर विशेष

गैँडाकोटको बिकासचोकमा २८ बर्षीय युवकद्धारा आत्महत्या

गैँडाकोटको बिकासचोकमा २८ बर्षीय युवकद्धारा आत्महत्या
गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक युवकले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बिकासचोक घर भएका २८ वर्षका गणेश पौडेलले आफ्नै घरको आफु सुत्ने कोठामा आत्महत्या गरेको नवलपुर प्रहरीले जनाएको छ । विहान ९ वजे कोठाको पंखाको हुकमा तन्नाको पासो लगाई उनले आत्महत्या गरेका हुन् । पौडेलले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बच्चाको आत्मविश्वास कमजोर बनाउने आमाबुवाका पाँच गल्ती

बच्चाको आत्मविश्वास कमजोर बनाउने आमाबुवाका पाँच गल्ती
  डा.प्रदीप पाण्डे नवलपुर । सबै बालबालिकाको आत्मविश्वास एकनासको हुँदैन । कोही समूहमा सजिलै घुलमिल हुन्छन् भने कोही धकाउँछन् । स्टेजमा बोल्ने, गाउने, नाच्ने कुरामा पनि बालबालिकाको आत्मविश्वास फरक–फरक हुन्छ । बालबालिकाको आत्मविश्वास बलियो वा कमजोर हुनुमा पारिवारिक वातावरण, सामाजिक र आर्थिक कारण मुख्य हुन्छन् । आमाबुबाको व्यवहार र गतिविधिले पनि बच्चाको आत्मविश्वासमा असर पार्छ । अभिभावककै कारण सन्तानको आत्मविश्वास कसरी कमजोर भइरहेको हुन्छ भन्नेमा यहाँ चर्चा गरिन्छ ।...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा
नवलपुर। गण्डकी प्रदेश सरकारले भोलि अर्थात असार २९ गते सार्वजनिक बिदा दिने भएको छ । भानु जयन्तीका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एक सूचना प्रकाशित गर्दै भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, श...

गैँडाकोटमा निर्माणाधीन खेलकुदका भौतिक पूर्वाधारको अवलोकन

गैँडाकोटमा निर्माणाधीन खेलकुदका भौतिक पूर्वाधारको अवलोकन
गैँडाकोट । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नवलपुरको गैँडाकोटमा रहेका खेलमैदान, खेलकुदका भौतिक पूर्वाधार, बहुउदेश्यीय कर्वडहल, फुटसल र विपी कोइराला अन्तर्राष्ट्रिय खेलग्रामको अवलोकन गर्नुभएको छ । अवलोकनपछि सदस्यसचिव शर्माले प्राथमिकताको आधारमा बजेटको ब्यवस्था गरिने बताउनुभयो । खेलाडीहरु उत्पादन भएमा मात्र खेलकुदको विकास हुने भन्दै सो तर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो । अवलोकन कार्यक्रममा विपि.कोईराला अन्तर्राष्ट्रिय खेलग्राम जग्गा ब्यवस्थापन संय...

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशमा असार २९ गते सार्वजनिक विदा

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशमा असार २९ गते सार्वजनिक विदा
गैँडाकोट । असार २९ गते शुक्रबार गण्डकी प्रदेशले सार्वजनिक विदा दिएको छ । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव सुरण प्रसाद शर्माद्धारा जारी सूचनामा प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा विदा दिइएको उल्लेख छ ।

गैँडाकोटको नमुना कलेज नै किन पढ्ने ?

गैँडाकोटको नमुना कलेज नै किन पढ्ने ?
गैडाकोट । बास्तबमा +२ को ११ र १२ कक्षा विद्यार्थी जीवनको निमित्य अति नै महत्त्वपूर्ण तह हो। परिबर्तित शैक्षिक योजना अनुसार बिद्यालय तहको अन्तिम खुट्किलो कक्षा १२ लाई बनाइदैछ। हिजो कक्षा १० को एसईई लाई बिद्यालय तहको अन्तिम खुट्किलो मानिन्थ्यो । तर अहिलेको कक्षा १२ मा एसईई सरहको माध्यमिक तहको स्तरिकृत परीक्षा कक्षालाइ मानिदै छ । त्यसरी नै परीक्षा प्रणालीमा पनि परिबर्तन गरिदैछ। अब केही बर्षपछि एसईई स्तरको परीक्षा कक्षा १२ मा हुने छ । अब एसईई परीक्षा भनेको कक्षा १२ को परिक्षाल...

हेटौँडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा,भरतपुर-बर्दघाट खण्ड साउनभित्र सञ्चालन हुने

हेटौँडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा,भरतपुर-बर्दघाट खण्ड साउनभित्र सञ्चालन हुने
चितवन - मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महान...

काँग्रेस नवलपुरको कृषि शाखाले भन्यो- किसानलाइ रासायनिक मल खोइ ?

काँग्रेस नवलपुरको कृषि शाखाले भन्यो- किसानलाइ रासायनिक मल खोइ ?
नवलपुर । नेपाली काग्रेस पुर्वी नवलपरासी कृषि तथा भुमि शाखाले किसानहरुलाइ रासायनिक मल नपाएकाे प्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सहज तबरले मलखादं तथा खेतीका लागि आवश्यक कृषि सामग्री उपलब्ध नभएको भन्दै आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह , प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएको हो । कृषि तथा भुमि शाखाका संयोजक भीम नारायण रेग्मीले  एक  विज्ञप्ति जारी गर्दै लामो समय देखि खडेरीको मारमा परेका किसानलाई तत्काल आवश्यक कृषि सामग्री उपलब्ध गराउन माग गर्नुभएकाे छ ।  साथ...

नारायणीमा डुबेर युवकको मृत्यु

नारायणीमा डुबेर युवकको मृत्यु
नवलपुर —  नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१२ का २१ वर्षीय विशाल थनैतको डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलका अनुसार माछा मार्न नदीमा जाँदा थनैतको डुबेर मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।