×

नवलपुर विशेष

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार
दाङ । तुलसीपुरको नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए । बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।

कावासोती नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने

कावासोती नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने
कावासोती । कावासोती नगरपालिकाले पहिलो पटक अनलाइनबाट कर तिर्न सकिने सेवा सुरु गरेको छ ।मेयर विष्णु भुसालले आफ्नो सम्पत्ति कर अनलाइनमार्फत भुक्तानी गरेर बिहीबार उक्त सेवा शुभारम्भ गरेका छन् ।घरजग्गा कर, सम्पत्ति कर, भूमि कर, लगायतका विभिन्न सिफारिस बापतको सरकारी राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । कर तिर्न घन्टौं लाइन बस्नपर्ने अवस्थाको अन्त्य भएको मेयर भुसालले बताए । घरमै बसेर पनि नगरपालिकामा कर बुझाउन सकिने व्यवस्थाले राजस्व चुह...

मौलाकाली केबलकारको इभिनिङ अफर आजदेखि सुरु

मौलाकाली केबलकारको इभिनिङ अफर आजदेखि सुरु
गैँडाकोट । मौलाकाली केबलकारको  इभिनिङ अफर आजदेखि सुरु भएको छ  । हरेक बुधवबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा लागुहुने ५० प्रतिशत छुटको अफर आजदेखि सुरु भएको हो । अफर अन्तर्गत अब यात्रुहरूले रु २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् । त्यस्तै पहिले केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम गरिएको थियो । इभिनिङ अफर ल्याएसँगै मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ । साउनदेखि लागू हुने गरी ल्याइएको यो अफर अन्तर्गत प्रत्ये...

अक्सफोर्ड कलेजद्धारा ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा

अक्सफोर्ड कलेजद्धारा ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा
गैँडाकोट। पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा गरेको छ । एसइइ परिक्षामा ३.८५ भन्दा बढी जिपीए ल्याएर उर्तिण भएका विद्यार्थीहरुमध्ये गरिव तथा जेहेन्दार ४५ जना विद्यार्थीहरुका लागि पूर्ण छात्रवृति उपलव्ध गराउने निर्णय भएको कलेजका प्राचार्य हरि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञान संकायमा अध्ययन गर्न चाहने ४५ जना विद्यार्थीहरुका लागि पूर्ण छात्रवृति उपलव्ध ...

कावासोतीमा ट्याक्टर र्दुघटना : चालकको मृत्यु

कावासोतीमा ट्याक्टर र्दुघटना : चालकको मृत्यु
गैँडाकोट । पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. १ बालुवाडाडाँमा ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका किरण हिताङ मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार गएराति पौने ९ वजे लु ४ त ३६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टदा चालकको ज्यान गएको हो ।

गैँडाकोटको सरस्वती निकेतनलाइ २ वटा अन्तराष्ट्रिय अवार्ड 

गैँडाकोटको सरस्वती निकेतनलाइ २ वटा अन्तराष्ट्रिय अवार्ड 
गैँडाकोट । सरस्वती निकेतन सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूल गैंडाकोटले  दुई वटा ईन्टरनेश्नल अवार्ड प्राप्त गर्न सफल भएको छ । विद्यालयले पछिल्लो समय आईएसओ ९००१ः२०१५ र सीपिडी प्रोभाईडर अवार्ड प्राप्त गर्न सफल भएको हो । सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । विद्यालयका प्राचार्य भरतबाबु कंडेलले सरस्वती निकेतनको मिसन, भिजन र लक्ष्य स्पष्ट रहेकाले नै आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको बताउनुभयो । उहाँले ३० वर्षको गौरव र शैक्षिक क्षेत्रमा विशेष योगदान गर्दै आएको हुनाले विद...

बुधबार दिउसो २७५ रुपैँयामै मौलाकाली केवलकार चढ्न पाइने

बुधबार दिउसो २७५ रुपैँयामै मौलाकाली केवलकार चढ्न पाइने
गैँडाकोट । मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य रु.५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु।२७५ मै दुइतर्फी यात्रा गर्न पाउनेछन । यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर...

नवलपुरमा एकवर्षमा १०९ जनाद्धारा आत्महत्या

नवलपुरमा एकवर्षमा १०९ जनाद्धारा आत्महत्या
गैँडाकोट । पूर्वी नवलपरासीमा एकवर्षको अवधीमा १०९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार कावासोती नगरपालिकामा २८, गैँडाकोट नगरपालिकामा २३, मध्यविन्दु नगरपालिका १६, देवचुली नगरपालिकामा १५, विनयीत्रिवेणी गाउपालिकामा १२, हुप्सेकोमा ७, बौदीकालीमा ४ र बुलिगंटारमा ४ गरि १०९ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेहरुमा ४० देखि ६० वर्ष उमेर समुहका २७ जना, ६० वर्ष माथिका २१ जना, १६ देखि २५ वर्ष उमेर समुहका २२ जना, ३६ देखि ४५ व...

गैडाकोटको झपर्दीमा एक महिलाद्वारा आत्महत्या

गैडाकोटको झपर्दीमा एक  महिलाद्वारा आत्महत्या
गैडाकोट । नवलपुरको गैडाकोटमा एक महिलाले आत्महत्या गरेकी छिन । गैडाकोट नगरपालिका वडा नं ४ झपर्दी वस्ने ४५ वर्षिया पुष्पा अधिकारीले आत्महत्या गरेको नवलपुर प्रहरीले जनाएको छ । साझ सवा ६ वजे आफ्नो घरको कोठामा अधिकारीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले किन हत्या गरिन भन्ने विषयमा अनुसन्धान भैरहेको छ । शुक्रबार मात्रै गैँडाकोटको एकको बिकासचोकमा २८ बर्षका गणेश पौडेलले आत्महत्या गरेका थिए । गैँडाकोटमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्न थालेका छन् । यो गम्भिर विषय हो ।