×

नवलपुर विशेष

प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिताको तयारी पूरा

प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिताको तयारी पूरा
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा भोलि (शनिबार) प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० आयोजना हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० हुन लागेको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।गैँडाकोटको कालिगण्डकी चोकदेखि  सुरु हुने साईकिलिङ्ग वडा नं. ३ को श्रीकृष्णगण्डकी माध्यमिक विद्यालय परिसरमा पुगेर समापन हुनेछ । यसको दुर...

नारायणी पुलबाट हामफालेर एक महिला बेपत्ता

नारायणी पुलबाट हामफालेर एक महिला बेपत्ता
नारायणी नदिमा एक महिला बेपत्ता भएकी छन् । उनले बुधबार विहान साढे ६ बजे नारायणी पुलबाट हामफालेकी हुन् । उनले पुलमा आफ्नो झोला राखेर हाम फालेकी थिइन । झोलामा रहेको कागजातका अनुसार उनको नाम सरस्वती उपरकोटी रहेको प्रहरीले जनाएको छ । उनको घर गोर्खा रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । हाल उनी भरतपुर प्रेमबस्तीमा बस्दै आएको प्रहरीको भनाइ छ । उनको खोजीकार्य जारी रहेको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशले हटायो नवलपुरका २० पत्रकार (सूचिसहित)

पत्रकार महासंघ गण्डकी प्रदेशले हटायो नवलपुरका २० पत्रकार (सूचिसहित)
गैँडाकोट । नेपाल पत्रकार महासंघ नवलपुरले सिफारिस गरेका नयाँ तथा पुराना सदस्यहरुको नामावली माथि पत्रकार महासंघ गण्डकी प्रदेशले डण्डा लगाएको छ । जिल्लाले सिफारिस गरेर पठाएका नामावलीमा प्रदेशले हस्तक्षेप गरेको हो । पत्रकार महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ नवलपुरका पूर्व अध्यक्ष होमराज रानाभाट, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमालदेव पंगेनी, प्रेस युनियनका नेता केबी राना लगायतको नाम नविकरणका लागि उचित नभएको ठहर गरेको छ । पत्रकार महासंघ नवलपुरल...

जङ्गली च्याउ खाँदा नवलपरासीको बौदिकालीमा दुईजनाको मृत्यु

जङ्गली च्याउ खाँदा नवलपरासीको बौदिकालीमा दुईजनाको मृत्यु
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताउनुभयो । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ । जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा ...

एसइइ २०७९ : मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल जिल्ला प्रथम

एसइइ २०७९ : मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल जिल्ला प्रथम
गैंडाकोट । गैंडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल २०७९ को एसईई परीक्षाको नतिजा अनुसार नवलपुर जिल्लामा नै उच्च औसत जिपिए ल्याउने विद्यालय मध्येमा प्रथम हुन बन्न सफल भएको छ । विद्यालयको औषत जिपिए ३.३६ सहित जिल्लामा प्रथम हुन सफल भएको छ । त्यस्तै ३.६ जिपिए देखि ४.० जिपिए ल्याउने १३ जना विद्यार्थी संख्याको आधारमा पनि जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको विद्यालयका सहायक प्राचार्य चुन्न पौडेलले जानकारी दिनु भयो । विद्यालयको यस नतिजा ल्याउन अहोरात्...

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले एक सय ४२ वन्यजन्तुको गर्‍यो उद्धार

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले एक सय ४२ वन्यजन्तुको गर्‍यो उद्धार
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९र८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उहाँको भनाइ थियो । मध्यवर्ती क...

अक्सफोर्ड कलेजद्धारा विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण (तस्विर सहित)

अक्सफोर्ड कलेजद्धारा विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण (तस्विर सहित)
गैँडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोटले कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सोमबार कलेज परिसरमा सम्पन्न गरेको छ ।अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा प्रिन्सिपल प्रोफेसर ई. हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका पाँचसय बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्राचार्य ई. हरि भण्डारीले पछिल्लो समय श...

विदेश भ्रमणमा जानेले २५ सय डलर साट्न पाउने

विदेश भ्रमणमा जानेले २५ सय डलर साट्न पाउने
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष  ०८०/८१ को मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जानेलाई डलर सटहीमा राहत दिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जानेले २५ सय अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको हो । यसअघि विदेश भ्रमणमा जानेले बढीमा १५ सय डलर साट्न पाउँथे । ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई प...

कावासोतीका किसान कागतीखेतीमा

कावासोतीका किसान कागतीखेतीमा
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गर्नुभयो । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँले अनुदानमा सुनकागती–१ का बिरुवा लगाउनुभएको हो । लम्सालले भन्न...