आधारभूततह स्तरीय हाजिरजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कूल प्रथम
नवलपुर । निजी तथा आवासीय विद्यालय अर्जनाइजेशन नेपाल (प्याब्सन) गैँडाकोट नगर समितिको आयोजनामा भएको अन्तर आधारभूततह स्तरीय हाजिरजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कूल प्रथम भएको छ ।
प्रतियोगितामा अमर इङ्गलिस बोर्डिङ स्कुल द्धितिय र सरस्वती निकेतनले तृतीय स्थान हाँसिल गरेका छन् । सो अवसरमा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
हाजिरजवाफमा अक्सफोर्ड सेकेन्डरी स्कूलका तर्फबाट विद्यार्थीहरु राघव वाग्ले, लव्ली चौधर...


