गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिका पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सविना परियारले असार २४ गते निर्वाचित रास्वपा गैँडाकोटका पदाधिकारी तथा नगरसदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य करुणासागर सुवेदीले जानकारी दिनुभयो ।
रास्वपा गैँडाकोटको सभापतिमा ज्ञानहरी कंडेल, उपसभापतिमा विमल घिमिरे ,सचिवमा टिकाराम लामिछाने,कोषाध्यक्षमा राधाकुमारी थापा तथा सदस्यहरुमा रिसिराम भण्डारी, कृष्ण रिजाल, प्रदीप कंडेल, सितादेवी पोखरेल,सीतादेवी शर्मा,मालती गौतम र जितबहादुर परियार सर्वसम्मत निर्वाचित भएका थिए ।
सपथग्रहण कार्यक्रममा रास्वपाका नवलपुर संयोजक नरिश्वर लामिछाने, क्षेत्रीय निर्वाचन समितिका संयोजक रामप्रसाद भूर्तेल, सदस्यहरु नारायण गौतम, यमकला पाण्डे, पार्टीका गण्डकी प्रदेश सदस्य मिना शर्मा (गौडेल) लगायतको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




