×

नवलपुर विशेष

गैडाकोटमा बन्द भृकुटी कागज कारखाना भित्रबाट सडक खोल्ने तयारी

गैडाकोटमा बन्द भृकुटी कागज कारखाना भित्रबाट सडक खोल्ने तयारी
गैंडाकोट । गैंडाकोटमा रहेको देशकै ठूलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो । कुनै समय देशको कुल मागको झण्डै ३५ प्रतिशत कागज पुरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ । प्रयोग बिहिन भएपछि यही कारखानाको बीच भागबाट गैंडाकोट नगरपालिका यतिबेला सडक खोल्ने तयारीमा छ । साउन १६ गते बसेको कार्यपालिकाको बैठकले कारखाना भित्र नक्सामा भए अनुसार सार्वजनिक बाटो खोल्ने निर्णय गरेको हो । ‘अहिले कारखानाले उपयोग गरेको जग्गामा सडक देखिएको छ । यहाँ हामीले हेर्दा त्यसलाई नि...

नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध सीआइबीको अपरेसन: पक्राउ पर्नेको संख्या ५ पुग्यो

नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध सीआइबीको अपरेसन: पक्राउ पर्नेको संख्या ५ पुग्यो
काठमाडौं।  केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षित्र प्रमाणपत्रधारी डाक्टरमाथि चलाएको अपरेसनमा हालसम्म पाँच जना पक्राउ परेका छन्।सीआईबीका अनुसार नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जना पक्राउ परेका हुन्। प्रहरीले बिहीबार साँझ थप दुई जना नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या पाँच पुगेको हो। स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रामबाबु यादव र एरिना यादव पक्राउ परेका हुन्।यसअघि प्रहीले सुनिल शर्मा, त्रिवि शिक्षण अस्पत...

डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा

डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ । मन्त्रायले शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा भएका धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा खटाइएको छ

आँखापाक्ने रोगको संक्रमण बढेपछि गैँडाकोटका स्कूलहरु विहिवार र शुक्रबार बन्द हुने

आँखापाक्ने रोगको संक्रमण बढेपछि गैँडाकोटका स्कूलहरु विहिवार र शुक्रबार बन्द हुने
गैँडाकोट । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि नवलपुरको गैँडाकोट नगरपालिकाले बिहिवार र शुक्रबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।नगर शिक्षा समितिको आज बसेको बैठकले बिहिवार र शुक्रबार २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका प्रमुख डा. बालकृष्ण चापागाइले बताए । बुधबार विश्व आदिवासी दिवशको अवसरमा गैँडाकोट नगरपालिकाले स्थानीय विदा दिने निर्णय यसअघिनै गरिसकेको छ । शनिबार नियमित विदा हुँदै आएको छ ।यो सँगै अबका ४ दिन विद्यालयमा पठनपाठन...

नेविसंघको केन्द्रीय सदस्यमा नवलपुरबाट १३ जना मनोनित (सूचिसहित)

नेविसंघको केन्द्रीय सदस्यमा नवलपुरबाट १३ जना मनोनित (सूचिसहित)
गैँडाकोट । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा नवलपुरबाट १३ जना मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा नवलपुरबाट १३ जना सदस्यहरु मनोनयन गरेका हुन् । नवलपुरबाट मनोनित हुनेहरुमा विजय महतो, विष्णु सापकोटा, खेमराज कंडेल, कृष्ण कंडेल, सुशील काफ्ले, बिवेक न्यौपाने, अनुकुल रेग्मी सतिस न्यौपाने, विवश पौडेल कला पन्त , रमेश कोइराला किसन गैरे र चेतराज कंडेल ...

भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई महासंघको ज्ञापन पत्र

भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई महासंघको ज्ञापन पत्र
कावासोती । अधिवक्ता भगवती पाण्डेको अभिब्यक्तिको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत भगवती पाण्डेको अभिब्यक्ति प्रति नेपाल सरकारले कानुनी कारवाही गर्नुपर्नै माग गदै गृह मन्त्रालयलाई पत्र बुझाएको हो । पाण्डेको अधिवक्ताको अनुमती पत्र खारेज हुनुपर्ने, अन्तराष्ट्रिय समुदायको कालो सुचीमा राख्नुपर्ने महासंघको माग छ । काठमाण्डौ महानगरपालिका ११ बस्ने शितल भनिने अधिवक्ता भगवती पाण्डेले गत साउन ७ गते एक टेलिभिजन क...

बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै निकुञ्ज, स्थानियले पाउनु पर्छ : सामुदायिक वन

बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै निकुञ्ज, स्थानियले पाउनु पर्छ : सामुदायिक वन
कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न । सडक बिस्तारका क्रममा काटिएका काठ दाउरा लामो समय सम्म स्थानिय सामुदायिक वनमा घाट गद्दी गरेर राखिएको थियो । कटान गरि घाट गद्दी गरेर राख्ने बेला प्रक्रिया पुर्‍याएर स्थानिय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लि...

लघुकथा : माछा चोर

लघुकथा : माछा चोर
सुरेश राई दिलबहादुरको छोरोले सिरानघरेको पोखरीको माछा चोरेको हल्ला पूरै गाउँभरि फैलियो। सिरानघरेको आँगनमा भद्रभलाद्मीहरु भेला भए। दिलबहादुरले त्यसबापत हजार रुपैयाँ हर्जाना व्यहोर्नु पर्‍यो। सानो केटोलाई माछा चोरेकोमा माफी मगाइयो र सभा सकियो। दिलबहादुर पनि मुसुमुसु हाँस्दै घरतिर ओरालो लाग्यो। बाटोमा जति पनि मानिसहरू भेटिए सबलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको कुरा सुनाउँदै हिंड्यो। चियापसल, भट्टी, चौतारी, खेतबारी आदिमा मानिसहरुलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको ...

पत्रु बनेको एम्बुलेन्स गैरकानुनी रुपमा नविकरण र रङ परिवर्तन, सञ्चालन नगर्न निर्देशन

पत्रु बनेको एम्बुलेन्स गैरकानुनी रुपमा नविकरण र रङ परिवर्तन, सञ्चालन नगर्न निर्देशन
काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं।२ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई निःशुल्क गरिएको ब्लु बस र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ तर एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर राजनीतिक उद्देश्य पूरा हुने गरी एम्बुलेन्स सञ...