काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षित्र प्रमाणपत्रधारी डाक्टरमाथि चलाएको अपरेसनमा हालसम्म पाँच जना पक्राउ परेका छन्।सीआईबीका अनुसार नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जना पक्राउ परेका हुन्। प्रहरीले बिहीबार साँझ थप दुई जना नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या पाँच पुगेको हो।
स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रामबाबु यादव र एरिना यादव पक्राउ परेका हुन्।यसअघि प्रहीले सुनिल शर्मा, त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरी र महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको थियो।
सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरुको अनुसन्धानका लागि अपरेसन ‘फोस्कट्रोट’ चलाएको छ।



उज्यालो खबर




