×

गैँडाकोट । पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. १ बालुवाडाडाँमा ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका किरण हिताङ मगरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार गएराति पौने ९ वजे लु ४ त ३६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टदा चालकको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया