गैँडाकोट । पूर्वी नवलपरासीमा एकवर्षको अवधीमा १०९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार कावासोती नगरपालिकामा २८, गैँडाकोट नगरपालिकामा २३, मध्यविन्दु नगरपालिका १६, देवचुली नगरपालिकामा १५, विनयीत्रिवेणी गाउपालिकामा १२, हुप्सेकोमा ७, बौदीकालीमा ४ र बुलिगंटारमा ४ गरि १०९ जनाले आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नेहरुमा ४० देखि ६० वर्ष उमेर समुहका २७ जना, ६० वर्ष माथिका २१ जना, १६ देखि २५ वर्ष उमेर समुहका २२ जना, ३६ देखि ४५ वर्ष उमेर समुहका २० जना, २६ देखि ३५ वर्ष उमेर समुहका १४ जना, र १६ वर्ष मुनिका ५ जना रहेका छन् । नवलपरासी (पूर्व)मा आर्थिक वर्ष ७८/७९ मा १२७ जना र ७७/७८ मा ९९ जनाले आत्महत्या गरेको तथ्याकंले देखाएको छ ।



उज्यालो खबर




