×

चितवन सेरोफेरो

चर्को गर्मीले चितवन रत्ननगरका स्कुल बन्द, खोप अभियान रोकियो

चर्को गर्मीले चितवन रत्ननगरका स्कुल बन्द, खोप अभियान रोकियो
चितवन । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । जेठ १३ गतेको नगरपालिकास्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डि...

नारायणगढ–मुग्लिन खण्डमा पाँच सवारी साधन आपसमा ठोक्किदा १ जनाको मृत्यु, २२ जना घाइते

नारायणगढ–मुग्लिन खण्डमा पाँच सवारी साधन आपसमा ठोक्किदा १ जनाको मृत्यु, २२ जना घाइते
चितवन- नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । अन्दाजी १७ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा पहिचान नखुलेका १८ जनाको उपचार भइरहेको छ भने चितवन मेडिकल क...

एमाले चितवनको अध्यक्ष पदका लागि पाठक र कंडेलको उम्मेद्वारी

एमाले चितवनको अध्यक्ष पदका लागि पाठक र कंडेलको उम्मेद्वारी
चितवन- नेकपा एमाले चितवनको नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । हिजोदेखि भरतपुरमा सुरु भएको ११ औँ अधिवेशनमा आज भएको मनोनयनमा हालका उपाध्यक्ष कमल पाठक र जिल्ला कमिटी सदस्य घनश्याम कंडेलले अध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा श्याम विष्ट र कृष्ण डल्लाकोटी, सचिवमा हालका उपसचिव प्रकाश ढुंगाना र पदम सुवेदीको उम्मेद्वारी परेको छ । यद्यपि सकेसम्म नेतृत्व सर्वसहमत बनाउने प्रयासमा नेकपा एमाले रहेको छ । १४ गतेसम्म सञ्चालन हुने अधिवेशनले तीन वर्षका ला...

चितवनमा स्मल हेभन स्कुलको बस जलाउने मूख्य अभियुक्त पक्राउ

चितवनमा स्मल हेभन स्कुलको बस जलाउने मूख्य अभियुक्त पक्राउ
चितवन । चितवनमा स्कुल बस जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । स्मलहेभन स्कुलको बसमा पेट्रोल बम प्रहार गरि आगजनी गरेको आरोपमा भरतपुर २५ शोसी घर भएका विश्वनाथ चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बैशाख ३० गते विहान साढे ८ वजे विद्यार्थी लिन जादै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नं.को स्कुल बसलाई भरतपुर महानगरपालिका वडा नं. २० दद्रहानी पुलमा रोकी चौधरी सहितको आपराधिक टोलीले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नि...

ठुला होटल खुलेसँगै चितवनमा खर्चिला पर्यटकको आवागमनमा बृद्धि

ठुला होटल खुलेसँगै चितवनमा खर्चिला पर्यटकको आवागमनमा बृद्धि
चितवन -  ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने सङ्ख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेका छन् । निकुञ्जभित्र प्रकृतिसँग रम्न पर्यटकले त्यही अनुसारको ठाउँ रोज्ने गर्दथे । निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि त्यस्ता पर्यटक अफ्रिका, भारत, बङ्गलादेशलगायतका देश जान थालेका थिए । निकुञ्ज स्थापना हुनुअघ...

एमाले चितवनको अध्यक्षमा कमलराज पाठकको उमेदवारी

एमाले चितवनको अध्यक्षमा कमलराज पाठकको उमेदवारी
चितवन । नेकपा एमाले चितवनको ११ औँ जिल्ला अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पार्टी उपाध्यक्ष कमलराज पाठकले उमेदवारी दर्ता गराएका छन् । निर्वतमान अध्यक्ष रामप्रसाद न्यौपानेको प्रस्ताव र नेता कृष्णप्रसाद भूर्तेलको सर्मथनका पाठकले अध्यक्ष पदमा उमेदवारी दिएका हुन् । अध्यक्ष पदका आकांक्षी रहेका न्यौपाने र भूर्तेल दुवैले नेता पाठकलाई प्रस्ताव र सर्मथन गरेपछि अध्यक्ष पदमा कमलराज पाठक सर्वसम्मत बन्ने लगभग निश्चित जस्तै छ । जिल्लाको खैरहनी नगरपालिका वडा नं. ३ स्थायी घर भएका नेता...

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले एक्सकाभेटर पुरियो,चालकको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले एक्सकाभेटर पुरियो,चालकको मृत्यु
भरतपुर-नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर एक्सकाभेटर चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो । गम्भिर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजा...

एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सुरु,सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने प्रयास

एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सुरु,सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने प्रयास
  चितवन - नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनको उद्घाटन सत्रको आज एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।ग्लोक्सी गार्डेन रिर्सोट लंकुमा सुरु भएको अधिवेशन १४ गतेसम्म चल्ने छ । प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन हुने गर्दछ । तर यसपाली चितवनको अधिवेशन दुई वर्ष चार महिनामै गरिएको हो । प्रत्येक वडा पार्टी कमिटी, जनवर्गीय संगठन जिल्ला कमिटी, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, चितवन–काठमाडौं सम्पर्क मञ्चबाट छानिएर आएका ५९० जना, ...

एमाले चितवनको ११औँ अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले चितवनको ११औँ अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
चितवन- नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । भरतपुर–४ लंकुस्थित होटल ग्यालेक्सीमा हुने अधिवेशनको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जेठ १४ गतेसम्म चल्ने अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रत...