चितवनको खैरहनीमा विपन्न किसानलाई खेतीगर्न जग्गा भाडामा अनुदान
चितवन। चितवनको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकलाई अनुदान दिने भएको हो।
नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले जानकारी गराए । नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै हैन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै वि...


