एक्सपर्ट चितवनको शैक्षिक मेला भोलि, तयारी पूरा
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा बुधबार हुन लागेको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।
युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्स...


