×

चितवन सेरोफेरो

चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन-  चितवनको रत्ननगर नगरपालिका–३ स्थित शान्तिचोक नजिकै बिहीबार राति एक जनाको बोलेरो गाडीको ठक्करबाट ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा राति करिब १२:३० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय मुकुन्द कंडेलको मृत्यु भएको हो। उनी कालिका नगरपालिका–२ का बासिन्दा थिए। प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरो गाडी खैरहनीबाट टाँडीतर्फ जाँदै गर्दा जनकपुरबाट काठमाडौं जाँदै गरेको नाइट बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बर...

चितवनमा नेकपाका नेतामाथि कालोमोसो र जुत्ताको माला

चितवनमा नेकपाका नेतामाथि कालोमोसो र जुत्ताको माला
राप्ती नगरपालिका–५ स्थित नगरपालिका कार्यालय अगाडि नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताहरूले आफ्नै दलका एक नेतामाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरेका छन्। बुधबार दिउँसो भएको उक्त घटनामा कार्यकर्ताहरूले नेपाल कम्युनिष्ट पार्टीका खैरहनी नगरपालिका इन्चार्ज रमेश लामिछानेलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइदिएका हुन्। प्रत्यक्षदर्शीका अनुसार लामिछाने कुनै भेटघाटको सिलसिलामा नगरपालिका कार्यालय पुगेका बेला केही आक्रोशित कार्यकर्ताले उनलाई घेराबन्दी गर्दै अपमान...

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने
चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र निर्देशनअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले IPO जारी गर्न लागेको हो। कम्पनीले IPO निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। भरतपुर महानगरपालिका–१० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले निर्मित सुविधासम्प...

भरतपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता

भरतपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर  बेपत्ता
चितवनको भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिक रहेको नारायणी नदीको छेउमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन्।आज दिउँसो करीब ३:३० बजे भरतपुर–१५ सूर्यनगरका १४/१५ वर्षीय मेक्सन पुन मगर पाँच जनाको समूहसहित पौडी खेल्न गएका बेला पानीमा डुबेर बेपत्ता भएका हुन्। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक  काशीराज थापाको कमाण्डमा रहेको विपद् व्यवस्थापन टोली घटनास्थलतर्फ खटिएको छ। हाल खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। अन्य चार जना कि...

विदेश पढ्न चाहनेका लागि अवसर: चितवनमा ‘ग्लोबल एजुकेशन एक्सपो’ भोलि हुँदै

विदेश पढ्न चाहनेका लागि अवसर: चितवनमा ‘ग्लोबल एजुकेशन एक्सपो’ भोलि हुँदै
 चितवन- एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन एक्सपो’ मा पाँच देशबाट ती युनिभर्सिटी तथा कलेजका प्रतिनिधि उपस्थिन हुने छन् । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका सर्वोत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधि आउने छन् । बिहान १० देखि दिउँसो ३ बजेसम्...

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, तीन जना घाइते

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको  कारमाथि खस्यो ढुंगा, तीन जना घाइते
इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिकको मुग्लिङ-नारायणगढ सडकखण्डमा आज दिउँसो सडक माथिबाट खसेको ढुंगा एक भारतीय कारमा खस्दा तीन जना घाइते भएका छन्। दुर्घटना दिउँसो करिब २:२५ बजे भएको हो। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट UP 80 GP 2928 को कार अचानक पहिरोका ढुंगाले च्यापेपछि सवार व्यक्तिहरु घाइते भएका हुन्। तीनै जनाको प्रारम्भिक उपचारका लागि मुग्लिङस्थित स्थानीय मेडिकलमा पठाइएको छ।दुर्घटनामा कारमा  क्षति पुगेको जनाइएको छ। कार हाल घटनास्थलमै रहेको र ह...

राजस्व कार्यालयको परिपत्रले मच्चायो सुन बजारमा भूकम्प: चितवनका सबै पसल बन्द

राजस्व कार्यालयको परिपत्रले मच्चायो सुन बजारमा भूकम्प: चितवनका सबै पसल बन्द
  चितवन। अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु पुन: बन्द हुने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आयोजनामा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) को संयुक्त सहभागितामा आयोजित व्यवसायिक भेलाको निर्णय अनुसार आजको मिति देखि लागू हुने गरी अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु पुन: बन्द हुने भएका हुन् । “सरकार संग सहमति भएपछि कार्यदलले आफ्नो काम गरिरहेको बेला एकाएक राजश्व कार्यालयले विभिन्न जिल्ला...

जगदम्बा मोटर्सद्वारा चितवनमा नयाँ जुपिटर 110 को अनावरण

जगदम्बा मोटर्सद्वारा चितवनमा नयाँ जुपिटर 110 को अनावरण
चितवन-  जगदम्बा मोटर्सले चितवनको नारायणघाटमा नयाँ ‘TVS Jupiter 110 CC’ स्कुटर सार्वजनिक गरेको छ। यसअघि काठमाडौं, पोखरा र बुटवलमा सफलतापूर्वक अनावरण भइसकेको यस मोडेललाई अब चितवनका ग्राहकहरूमाझ पनि भव्य कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। सिजी ल्याण्डमार्कमा आयोजित उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्सका आधिकारिक डिलर मलाश्री मोटर्स नारायणघाटका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठ र  सरोज अर्यालले संयुक्त रूपमा स्कुटरको पर्दा हटाउनुभयो। कार्यक्रममा २५ भन्दा बढी राष्ट्रिय तथा स्थानीय...

चितवनमा बाघको आतंक: घाँस काट्न गएका स्थानीयको मृत्यु

चितवनमा बाघको आतंक: घाँस काट्न गएका स्थानीयको मृत्यु
खैरहनी- चितवनको कुमरोज सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ। मृतक खैरहनी नगरपालिका–१३ सिमरेनी निवासी ६८ बर्षका पदम बहादुर राना रहेका छन् । स्थानीय पत्रकार रामेश्वर रिजालका अनुसार मगर बुढा बिहान घाँस काट्न जंगल गएका थिए। त्यही क्रममा बाघले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको हो। मृतकको शव अझै पनि जंगलमै रहेको र बाघ छेउमै बसिरहेको जानकारी उनले दिएका छन्।शव उद्धारका लागि प्रहरी टोलीसहित हात्तीसमेत परिचालन गर्ने तयारी गरिएको छ ।  तर बाघल...