पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए- केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते पाँच मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्।
भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको सुनाएका हुन्।
‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने ...


