×

चितवन सेरोफेरो

चितवनमा ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

चितवनमा ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
चितवन । चितवनको खैरहनीमा रोकि राखिएको ग्यास बुलेटमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। गएराति करिब १०:३० बजेतिर खैरहनी नगरपालिका–२ लदरी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो। बिहार राज्य सिवान जिल्लाका ५९ वर्षीय दशरथ प्रसादले चलाइरहेको HR 38 AF 6126 नम्बरको ग्यास बुलेट बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३२३० नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय मनिश बोगटी, खैरहनी–...

आज लक्ष्मी पूजा- धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मी पूजा- धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै छ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि ...

प्रहरीको भेषमा चोर, पत्रकारसँग जम्काभेटपछि खुल्यो रहस्य

प्रहरीको भेषमा चोर, पत्रकारसँग जम्काभेटपछि खुल्यो रहस्य
चितवन- चितवनको कालिका नगरपालिका–जुटपानीमा प्रहरीको भेषमा चोर घरमा पसेको घटना सार्वजनिक भएको छ। उक्त घटना स्थानीय पत्रकार राधेश्याम खतिवडासँगै सम्बन्धित रहेको  छ।पत्रकार खतिवडाका अनुसार गएरात उनी नजिकैका अन्कलको घरमा भाइसँग क्रिकेट खेल हेर्न गएका थिए। रातको करिब १२ बजे खेल सकिएपछि घर फर्किँदा घर अगाडिको बत्ती र सडक पोल दुवै निभेका थिए। “घर नजिक पुग्दा अध्यारोमा एक अपरिचित युवक ढोकाबाट निस्किँदै गरेको देखेँ,” खतिवडाले बताए, “पहिले त प्रहरी हो कि भन्ने लाग्यो, तर उसको हाउभाउ ...

चितवनमा स्कुटरको ठक्करबाट एक युवकको मृत्यु

चितवनमा स्कुटरको ठक्करबाट एक युवकको मृत्यु
चितवन -  राप्ती नगरपालिका–२ सिमराचोकमा बुधबार साँझ भएको सडक दुर्घटनामा एक पैदल यात्रीको ज्यान गएको छ ।बुधबार साँझ करिब ६:३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिँदा रौतहट माधवनारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइएको थियो । तर उपचारको क्रममा साँझ ७:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतमको ना...

“राज्य छ है, मर्नु पर्दैन” – सीडीओ अर्यालको मानवीय नेतृत्व

“राज्य छ है, मर्नु पर्दैन” – सीडीओ अर्यालको मानवीय नेतृत्व
काठमाडौँ । सडक मार्गमा समस्यामा परेका यात्रुको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहेका छन्। जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न अर्याल व्यस्त देखिएका हुन्। जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गर्नुका साथ खाना, पानी तथा औषधिको ...

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द
चितवन–चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।आज साँझ बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो । नारायणघाट मुग्लिन सडक खण्डमा जोखिम बढेकोले सवारी आवागनमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । यस्तै बैठकले बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर ,नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाउने निर...

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन रोक

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन रोक
चितवन-  निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधनको आवागमन रोकिएको छ। तुईन खोला लगायत स्थानहरूमा पहिरोको जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले आज  साँझ ६ बजेबाट सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाएको हो। सडक डिभिजनका अनुसार सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी संभावित दुर्घटना न्यूनीकरणका लागि यो निर्णय गरिएको हो।वर्षा निरन्तर जारी रहेकाले उक्त सडक खण्डमा ढुंगा खस्ने र पहिरो आउन सक्ने जोखिम बढेकाले सर्वसाधारणलाई यात्रा नगर्न आग्रह गरिएको छ। ...

नारायणगढ–मुग्लिन सडकमा ढुंगा खसिरहेकाले सवारी आवागमन बन्द

नारायणगढ–मुग्लिन सडकमा ढुंगा खसिरहेकाले सवारी आवागमन बन्द
काठमाडौं । अविरल वर्षासँगै बढेको पहिरोको जोखिमका कारण चितवन ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ। शुक्रबार रातिदेखि लगातार वर्षा भइरहेकाले तुइन खोलासहितका क्षेत्रमा ढुङ्गा खस्ने क्रम रोकिएको छैन। शुक्रबार राति बाटो एकतर्फी चलाइए पनि शनिबार बिहानैदेखि पूर्ण रूपमा यातायात रोकिएको चितवन ट्राफिकले जानकारी दिएको छ। ‘तुइन खोलामा पहिरो तथा केही स्थानमा ढुङ्गा खस्ने क्रम जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा सडकमा सवारी आव...

चितवन कारागारबाट भागेका १७० कैदीबन्दी अझै फर्केनन्, दसैँमा सुरक्षा जोखिम

चितवन कारागारबाट भागेका १७० कैदीबन्दी अझै फर्केनन्, दसैँमा सुरक्षा जोखिम
चितवन । दसैँको समय यहाँको सुरक्षा व्यवस्था व्यवस्थापनको लागि जिल्ला सुरक्षा समितिले मुख्य चार क्षेत्र निर्धारण गरेर सुरक्षा कामको थालनी गरेको जनाएको छ । जिल्ला सुरक्षा समितिले मुख्य गरि दैनिक पहिरो खसेको कारण नारायणगढ हुँदै काठमाडौं जाने राजमार्ग क्षेत्र, जिल्ला र देशका अन्य कारागारबाट भागेका कैदीबन्दीका कारण हुनसक्ने सुरक्षा जोखिमलाई मुख्य सुरक्षा जोखिमको रुपमा लिएको छ । त्यसैगरि जिल्लाका अन्य सडकहरुमा सवारी साधन नपाउँदा यात्रु धेरै बोक्ने, मादकपदार्थ सेवन गरि यातायातक...