नारायणी नदी किनारमा खेलकुद महोत्सव : तयारी ८० प्रतिशत पुरा
चितवन । चितवनको नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ गतेदेखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सवको तयारी ८० प्रतिशत पुरा भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा मंसिर २ गतेसम्म चल्ने महोत्सव तयारी धमाधम भईरहेको छ ।
हालसम्म तयारी ८० प्रतिशत सकिएको समितिका अध्यक्ष राजन कार्कीले बताए । कार्तिक १८ गते भव्यताका साथ उद्घाटन गर्ने गरी तयारी भईरहेको उनले जानकारी दिए ।उद्घाटनको दिनमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिनेछ । कार्कीका अनुसार उद्घाटनमा कराँत...


