पाँच वर्ष मलाई जिम्मा दिनुहोस्, काम गरेर देखाउछु : बिक्रम पाण्डे
चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफू कसैको लहर र रहरमा उम्मेदवार नबनेको बताएका छन् । भरतपुर–२६ मिलनचोकमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले देश र जनताको विकासको लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् । जहिलेसम्म जनताले जित्दैन, तहिलेसम्म जनताको जित नहुने पनि नेता पाण्डेले बताए ।
‘त्यसैले जनताले जित्नका लागि तपाइँहरूले विवेक प्रयोग गर्नुहोस्, कुनै पनि पार्टीको निर्देशनको पालना गरिरहनुपर्दैन,’ उनले भने । आफ्नो देश आफैँले बनाउन सकिन्छ भन्ने द...


