‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’को पहिलो इपिसोड आज साँझ ७ः३० देखि
चितवन–पहिलो सँस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’ को पहिलो इपिसोड आजदेखि प्रशारण हुँदैछ ।आज (शनिबार) साँझ ७ः३० बजेदेखि टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा एकसाथ प्रशारण हुन लागेको हो । क्वीजको समुद्घाटन सत्र शुक्रबार साँझ प्रशारण गरिएको थियो । पहिलो इपिसोडमा बछौली माध्यमिक विद्यालय रत्ननगर, प्रेमबस्ती माध्यमिक विद्यालय भरतपुर र बालकुमारी माध्यमिक विद्यालय नारायणगढबीच प्रतिस्पर्धा हुँदैछ ।
नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र एक्सपर्ट एजुकेश...


