चितवन जुत्ता चप्पल मेला २०७९ सुरु, स्वदेशी उत्पादन प्रयोग बढ्ने विश्वास
चितवन । चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी चितवन जुत्ता चप्पल मेला २०७९ सुरु भएको छ ।चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पो “चितवन जुत्ता चप्पल मेला” मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जुत्ताचप्पल अनिवार्य जस्तै भइसकेको भ...


