काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालामाथिको कारबाही फुकुवा
चितवन । नेपाली कांग्रेसले चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ ।उपचुनावलाई लक्षित गरेर चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो । ७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट कोइरालाको कारबाही फुकुवा भएको हो ...


