×

चितवन। चितवन कालिका ईमेजिङ सेन्टरमा नयाँ सिटीस्क्यान मेसिनको आज एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । मौलाकालिका अस्पतालसँगै रहेको सेन्टरमा अत्याधुनिक सिटीस्क्यान मेसिन सञ्चालनमा ल्याईएको हो ।

एक समारोहबीच मौलाकालिका अस्पतालका डा.केशवराज भूर्तेल, बकुलहर रत्ननगर अस्पतालका मेसु डा.मदन ज्ञवाली लगायतले ईमेजिङ सेन्टरको उद्घाटन गर्नुभयो । सो अवसरमा ईमेजिङ सेन्टरका अध्यक्ष रेडियोलोजिष्ट डा. रमेश घिमिरेले जापानको क्यानन कम्पनीमा बनेको अत्याधुनिक मेसिन सेन्टरमा भित्र्याईएको बताउनुभयो । उहाँले रोगको पहिचानका लागि सिटी स्क्यान प्रभावकारी हुने बताउनुभयो ।

टाउकोको ट्यूमर, घाँटीको ट्यूमर, छातीमा निमोनिया, लगायत शरीरमा भएका साना साना समस्या पहिचान गरी उपचारका लागि यो मेसिन धेरै नै उपयोगी हुने उहाँको भनाई छ ।सिटी स्क्यानबाट उत्पादन हुने रेडिएसनको सुरक्षाका लागि कोठामा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईएको बताउँदै उहाँले स्वास्थ्य मन्त्रालयबाट रेडिएसन परीक्षणका लागि प्राविधिक आएर परीक्षण गर्दा पूर्ण सुरक्षित रहेको पाईएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया