विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो
काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ ।आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो ।
श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो ।वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन बनाएका थिए । तर उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन ।श्रीलंका...

























