×

खेलकुद

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि
काठमाण्डौ । इन्डियन प्रिमियर लिग क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ ।कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यसअघिको खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलमा १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अङ्क छ ।

नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
काठमाण्डौ- नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।  

इङ्ग्लिस प्रिमियर लिग स् आर्सनलको खराब यात्रा रोकिएन, सिटीसँग पाँच गोलले पराजित

इङ्ग्लिस प्रिमियर लिग स् आर्सनलको खराब यात्रा रोकिएन, सिटीसँग पाँच गोलले पराजित
काठमाण्डौ- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले खराब यात्रा कायमै राखेको छ । यो सिजनका सुरुका दुई वटा खेल हारेको आर्सनल आज पनि म्यानचेस्टर सिटीसँग पराजित भएको छ। सिटीले आर्सनललाई ५–० को फराकिलो अन्तरले हरायो । सिटीका लागि फरान टोरेसले २ तथा ग्याब्रियल जिसस, रोड्री र गुण्डोगानले १र१ गोल गरे । आर्सनलका साकाले ३५ औं मिनेटमा रातो कार्ड पाएपछि उ १० खेलाडीमा सीमित भएको थियो। आजको जितसँग सिटी ७ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ, तीन खेलमा अङ्क जोड्न नसकेको आर्सनल पुछारमा झरेको...

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते हुने

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते हुने
पोखरा  । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन आश्विन ३ गते हुने भएको छ । मञ्चको मंगालबार सम्पन्न बैठकले आश्विन ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती समेत गठन गरेको छ । बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै
काठमाण्डौ -त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ ।यसअघि नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिस...

स्पेनिस ला लिगा : रियल र लेभान्टे बराबरीमा रोकिँदा एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा : रियल र लेभान्टे बराबरीमा रोकिँदा एथ्लेटिको मड्रिड विजयी
काठमाण्डौ - स्पेनिस ला लिगामा रियल मड्रिड र लेभान्टे बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा रियल मड्रिड र लेभान्टेले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो । खेलको ८७ औं मिनेटमा काउन्टर अट्याकमा नाचो फर्नान्डेसलाई पेनाल्टी बक्सबाहिर आएर फल गरेपछि लेभान्टेका गोलरक्षक एइटर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि त्यसको फाइदा रियलले उठाउन सकेन । बर...

टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा
काठमाडौं । आगामी अक्टोबर १७ देखि यूएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले बिहीबार आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।टिमको उपकप्तानमा प्याट कमिन्स छन् । यस्तै अष्ट्रेलियाको टिममा एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन, मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन छन् । जोस इंग्...

नवलपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः भूमिश्वर भुसाल (राजु) चयन

नवलपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः भूमिश्वर भुसाल (राजु) चयन
गैँडाकाेट । नवलपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः भूमिश्वर भुसाल (राजु) चयन हुनुभएको छ । नवलपुर जिल्ला तेक्वान्दो संघको शनिवार गैँडाकोटमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले भुसालको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरिराम सापकाेटा र नविन गुरुङ, सचिवमा साजन तामाङ, कोषाध्यक्षमा विष्णु महतो र सहसचिवमा धनराज डगौरा रहनु भएको छ ।त्यसैगरी तेक्वान्दो संघको जिल्ला सदस्यहरुमा किरुण सुनारी, गुन बहादुर थारु, रोजन घिमिरे, स...

गैँडाकाेट क्षेत्रीय रंगशाला निर्माणका लागि बजेट बिनियाेजन गर्न मुख्यमन्त्री र खेलकुद मन्त्री सकरात्मक

गैँडाकाेट क्षेत्रीय रंगशाला निर्माणका लागि बजेट बिनियाेजन गर्न मुख्यमन्त्री र खेलकुद मन्त्री सकरात्मक
गाेविन्द घिमिरे  गैँडाकाेट । पूर्वि नवलपरासीको गैँडाकोटमा निर्माण हुने क्षेत्रीय रंगशाला र निर्मााणाधीन कर्भड हलको कामलाई तिव्र रुपमा अगाडी बढाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ सकरात्मक देखिनुभएको छ । क्षेत्रीय रंगशाला र कर्भडहल निर्माणको कामलाई यथाशक्य पुरा गर्न बजेट विनियोजनको माग गर्दै पोखरा पुगेको गैँडाकोट खेलकुद समितिको टोलि समक्ष मुख्यमन्त्री नेपाली र खेलकुद मन्त्री गुरुङ सकरात्मक देखिएको अखिल नेपाल फुटवल संघ (ए...