बङ्गलादेशसँगको चौथो टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी
काठमाण्डौ-घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो ।
ढाकामा बङ्गलादेशले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका डान क्रिस्टियनले ३९, एस्टन अगरले २७ र मिचेल मार्शले ११ रन बनाए । बङ्गलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले २र२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । बङ्गलादेशका लागि मोहम...

























