Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ-इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो ।राजस्थानका कप्तान सञ्जु सामसनले १ सय १९ रन बनाए पनि हार टार्न भने सकेनन् । पञ्जाबका अर्शदीप सिंहले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

पञ्जाबका कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको योगदान गरे । त्यस्तै दिपक होडाले ६४ तथा क्रिस गेलले ४० रन बनाए । राजस्थानका चेतन सकारियाले ३ विकेट लिए। यस्तै क्रिस मोरिसले २ तथा रियान परागले एक विकेट लिए ।आईपीएलमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया