Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ-  युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १र१ गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाएका हुन् ।यस जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

तपाईको प्रतिक्रिया