गैँडाकाेट । नवलपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः भूमिश्वर भुसाल (राजु) चयन हुनुभएको छ । नवलपुर जिल्ला तेक्वान्दो संघको शनिवार गैँडाकोटमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले भुसालको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा हरिराम सापकाेटा र नविन गुरुङ, सचिवमा साजन तामाङ, कोषाध्यक्षमा विष्णु महतो र सहसचिवमा धनराज डगौरा रहनु भएको छ ।त्यसैगरी तेक्वान्दो संघको जिल्ला सदस्यहरुमा किरुण सुनारी, गुन बहादुर थारु, रोजन घिमिरे, सिजन भण्डारी, समिर क्षेत्री, स्मृति पराजुली (थापा) र मुनु थापा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष भूमिश्वर भुसालले उज्यालो खबरलाई बताउनु भयो ।

सो अवशरमा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ, प्रदेश सदस्य कमलप्रसाद पराजुली लगायतले बोल्दै तेक्वान्दो खेलको विकासका लागि संघ र प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने बताउनु भयो । अधिवेशनको उद्घाटनशत्रमा तेक्वान्दो संघका उपाध्यक्ष हरिराम सापकाटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया