×

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी युवा क्लबको आयोजनामा भएको खुल्ला नाईन ए साईड नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब गैँडाकोट १ ले हात पारेको छ ।

राईजिङले देउपुर फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको अन्तिम अतिरिक्त समयमा होमराज थापाले गोल गरेका हुन् । विजयी भएसँगै राईजिङ स्टारले ६० हजार, शिल्ड मेडल र प्रमाणपत्र पाएको छ भने उप विजेता देउपुरले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

सर्वोत्कृष्ट खेलाडी राईजिङ स्टारका होमराज थापा घोषित भए । राईजिङकै गोल किपर अमिन गुरुङ उत्कृष्ट गोल किपर घोषित भए ।

तपाईको प्रतिक्रिया