चितवन – वाइ वाइ यु-१९ रास्ट्रीय क्रीकेट छ्नोट प्रतियोगिताका लागि चितवनको टिम घोषणा गरिएको छ । चितवन क्रीकेट संघले नारायणगढस्थित क्याम्पाचौरमा गरेको दुई दिने छ्नोट क्याम्पबाट १४ सदस्यीय जिल्ला टोलि घोषणा गरेको हो । गौतम केसीको कप्तानीमा १४ सदस्यीय टोलि र ४ जना वैकल्पिक खेलाडी छनोट गरिएको संघका सचीव एवं छनोट समितिका संयोजक उमेश पियाले जानकारी दिए ।
चितवनको टिममा उपकप्तान सोप्निल अधिकारी, प्रतीक श्रेष्ठ, रविन्द्र तिमिल्सिना, सुर्यान्सु कोइराला, अजित भण्डारी, सुजन चापागाईं, प्रशान्त महत, नरेश प्रधान, विशाल यादव, कृजन गुरुङ, सुजन शर्मा, मनिष पुन र आदर्श दुलाल रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा पाल्देन लामा, निशान बिक, कृष्ण घिमिरे र सिजल श्रेष्ठ रहेका छन् ।
कुल ४५ जना खेलाडीबाट १८ जना खेलाडी छनोट गरिएको चितवन क्रिकेट संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए । छनोट समितिमा संयोजक उमेश पिया सङ्गै उपाध्यक्ष सुदिप पिया, प्रशिक्षक राजु खड्का रहेका थिए ।