काठमाण्डौ।  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् ।कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् । विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

विराटनगरका कप्तान करण केसी र चितवनका सोमपाल कामी रहेका छन् । यस्तै भैरहवा र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । भैरहवामा शरद भेषवाकर र पोखरामा विनोद भण्डारी कप्तान रहेका छन् ।

ईपीएलमा हिजो भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया