राष्ट्र बैंकको नीतिः वाणिज्य बैंकको संख्या घटाउने, फाइनान्स र विकास बैंक जोगाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको मात्रै संख्या घटाउने नीति अगाडि सारेको छ। शुक्रबार सार्वजनिक मौद्रिक नीतिले आर्थिक २०७८र७९ भित्र वाणिज्य बैंक एकआपसमा मर्ज तथा एक्वीजिसन गरेमा विभिन्न सहुलियत दिने भएको छ।
तर विकास बैंक र फाइनान्सको मर्ज तथा एक्वीजिसनलाई भने यसअघि दिइएका सहुलियतसमेत कटौती गरिएको छ। मर्ज तथा एक्वीजिसनमा जाने वाणिज्य बैंकका सिइओ तथा सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने भएको छ।हाल एउटा बैंक तथा वित्तीय संस्थाबाट अर्कोमा आवद्ध हुने सिइओ तथा सञ्चालकलाई ...


