×

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा झण्डै तीन करोड रुपैँयाको लागतमा एक युवाले स्टिल इन्जिनियरिङ कम्पनी सञ्चालनमा ल्याएका छन् ।स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ नयाँबजारका ३३ वर्षीय बिष्णु दिपले गैँडाकोट नगरपालिका वडा नं. ८ (नगरपालिका कार्यालय अगाडि) मंगलम् स्टिल इन्जिनियरिङ नामको उद्योग सञ्चालनमा ल्याएका हुन् ।

स्टिल ईन्जीनियरिङ कम्पनीमा डिपार्टमेन्टल स्टोर, किराना पसल तथा मार्टहरुका लागि आवश्यक पर्ने डिस्प्ले र्याकहरु उत्पादन हुने गरेका छन् । त्यसका साथै उद्योगमा भवन निर्माणका क्रममा प्रयोग हुने फलामे टेका तथा ठेलाहरु पाउन सकिने मंगलम् स्टिल ईन्जीनियरिङका सञ्चालक विष्णु दिपले जानकारी दिनुभयो ।

सामान्यतया २० वर्ष टिकाउ हुने डिस्प्ले र्याकहरु उत्पादन गर्ने गरेको उद्योगले १० वर्षको ग्यारेन्टी समेत दिने गरेको उहाँले बताउनुभयो ।फलाम र स्टिलबाट बन्ने डिस्प्ले र्याकहरु लामो समयसम्म प्रयोग गर्न सकिने हुन्छ , उहाँले भन्नुभयो : र्याकको रंग उडेर गएको खण्डमा पुनः रङरोगन गरि प्रयोगमा ल्याउन सकिन्छ ।

उद्योगले नेपालका विभिन्न स्थानहरुमा सम्र्पक कार्यालय स्थापनाको तयारी गरेको छ । बुटवल, नेपालगंज, सुर्खेत र विर्तामोडमा केहिदिनमै सम्पर्क  कार्यालय स्थापना गरी सेवा उपलव्ध गराउने मंगलम् स्टिल इन्जिनियरिङले जनाएको छ ।कास्कीको पोखरामा यसअघिनै सम्पर्क कार्यालय स्थापना भैसकेको छ ।

तपाईको प्रतिक्रिया