मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको यो आईपीओ छिटोमा साउन ३१ गते सम्म विक्रीमा रहनेछ । उक्त समय अवधिमा विक्री नभएमा भदौ ९ गते सम्म आवेदन दिन सकिने कम्पनीको भनाइ छ । हाल कम्पनीको चुक्ता पूँजी रू। ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू। १० करोड ९३ लाख ७५ हजार पुग्नेछ ।
आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ ।