×

आर्थिक

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो
चितवन – चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर...

गैँडाकोट नगरपालिकाद्धारा कृषकहरुलाई स्प्रे टंकी वितरण (तस्विर सहित)

गैँडाकोट नगरपालिकाद्धारा कृषकहरुलाई स्प्रे टंकी वितरण (तस्विर सहित)
सुस्मा न्याैपाने  गैँडाकोट । नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिकाले नगरको वडा नं. ६, ७ र ९ का ५० जना कृषकहरुलाई स्प्रे टंकी वितरण गरेको छ। तीनवटा वडाका ५० जना कृषकहरुलाई मंगलबार एक कार्यक्रमका विच स्प्रे टंकी वितरण गरिएको गैँडाकोट नगरपालिका कृषि शाखाले जनाएकाे छ । गैँडाकोट नगरपालिका परिसरमा आयोजित स्प्रे टंकी वितरण कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले कृषकहरुलाई स्प्रे टंकी वितरण गर्नुभएको ...

आकृति-स्वीकृती ब्युटी ट्रेनिङ सेन्टरको आयोजनामा रसियन हेयर स्टाईल तालिम सुरु

आकृति-स्वीकृती ब्युटी ट्रेनिङ सेन्टरको आयोजनामा रसियन हेयर स्टाईल तालिम सुरु
गैँडाकोट । आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टर गैँडाकोटको आयोजनामा वाटर प्रुफ मेकअप र रसियन हेयर स्टाईल तालिम आजदेखि भरतपुरमा सुरु भएको छ ।भरतपुरको होटल सीएमटीमा आजदेखि सुरु भएको सो तालिम आठदिनसम्म चल्ने आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टरका सञ्चालक लक्ष्मी पोखरेलले बताउनुभयो । चितवन र नवलपुरका १७ जना ब्यूटीसियनहरु सहभागी सो तालिममा सातदिनसम्म रसिएन हेयरस्टाईल र एकदिन वाटरप्रुफ मेकअप सम्बन्धी तालिम दिइने छ ।लामो समयदेखि ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर बसेका महिलाहरुका ल...

ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न
चितवन ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको आयोजनामा शनिबार बीमा सचेतना कार्यक्रम सप्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनिका चितवन हेटौडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले सहाभागीहरुलाइ जीवन बीमाको आवश्यकता र महत्वका साथै बीमा सम्बन्धी प्रचलित कानुनी ब्यबस्था लगाएतका बारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले ज्योति लाइफ इन...

चितवन सहित ११ जिल्लामा फैलियो बर्डफ्लु

चितवन सहित ११ जिल्लामा फैलियो बर्डफ्लु
काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु ११ जिल्लामा फैलिएको छ । यसले आक्रामक रूप लिए पनि पशुसेवा विभागले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट नभएको बताएको छ ।विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा। चन्द्र ढकालले अहिले भएको क्षतिको आँकडा हेर्ने हो भने संक्रमण नियन्त्रण तथा क्षतिपूर्तिका लागि थप ६ देखि ७ करोड बजेट आवश्यक पर्ने बताए । चालू आर्थिक वर्षमा सरकारले बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको बजेटले भ्याउनेभन्दा बढी क्षति भइसक...

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला
काठमाडौं ।  ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन स...

गैंडाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरथ बहादुर सुनार (सुरज)  निर्विरोध

गैंडाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरथ बहादुर सुनार (सुरज)  निर्विरोध
गैंडाकोट। गैंडाकोट सुनचाँदी व्यवसायी संघ, नवलपरासी बर्दघाट सुस्ता पूर्वको अध्यक्षमा सुरथ बहादुर सुनार (सुरज) निर्विरोध रूपमा चयन भएका छन्। आज सोमबार संघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष सुनार निर्विरोध चयन भएका हुन्। अध्यक्ष सुनारको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा तारा बहादुर वि।क, उपाध्यक्षमा कमलबहादुर वि.क, महासचिवमा अविनाश सुनार, कोषाध्यक्षमा पदमबहादुर विश्वकर्मा,...

 चितवनमा बुधवारदेखि ‘कृषि यान्त्रीकरण प्रदर्शनी’

 चितवनमा बुधवारदेखि ‘कृषि यान्त्रीकरण प्रदर्शनी’
चितवन – ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ चैत ९ गते बुधवारदेखि चितवनमा हुँदैछ । नेपाल नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा १२ गतेसम्म प्रदर्शनी हुनेछ । संघले दोस्रो पटक चितवनमा यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको हो । यस अघि २०७६ सालमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पनि चितवनमा नै आयोजना भएको थियो । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरण गर्न प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष खोजराज कटुवालले ...

नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई

नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई
चितवन– नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् । आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला...