बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउने मन्त्री भण्डारीको दाबी
नारायणगढ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्।
उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका-१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहिन ढङ्गले छलफल गरी नीति ल्याइने बताए...


