×

आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३० हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३० हजार पुग्यो
  काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तैगरी, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला एकलाख २७ हजार नौ सय

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला एकलाख २७ हजार नौ सय
काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले आज बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुप...

खेलाडी लागेपछि सर्वोत्तम सिमेन्टमा लगातार अपर सर्किट, सेयरमूल्य एकहजार नजिक

खेलाडी लागेपछि सर्वोत्तम सिमेन्टमा लगातार अपर सर्किट, सेयरमूल्य एकहजार नजिक
काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको छैठौं दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ । नेपाली सेयर बजारमा दोश्रो बजारमा सूचीकृत भएको लगातार छैठौं दिनसम्म अपर सर्किट लागेका निकै कम कम्पनी मात्र छन् ।सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरिरहँदा मूल्य समेत लगातार नै उछालको गतिमा बढिरहेको छ । सर्वोत्तमको सेयर मूल्यमा छैठौं दिन प्रतिकित्ता ८९.५० रुपैयाँले बढेर ९८४.६० रुपैयाँको उचाईमा पुगेको छ ।छैठ...

बाँझो जग्गा खोजेर सामूहिक खेती गर्दै विप्लव,माडीमा ६ बिघामा माछापालन

बाँझो जग्गा खोजेर सामूहिक खेती गर्दै विप्लव,माडीमा  ६ बिघामा माछापालन
चितवन। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजोआज देशका धेरै ठाउँमा सामूहिक खेती गरिरहेको छ ।शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिएको सो पार्टीका नेताहरुले बताएका छन् । नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरेको छ । नेकपाले केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा तीन बिघामा खाद्यान्न बाली, अर्घाखाँचीको शीतगंगामा १५० रोपनीमा गाई र कुखुरापालन, तरकारी तथा फलफूल खेती गरेको छ...

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गानाइजेशन अफ इकोनोमी कर्पोरेशन एण्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । विश्व वित्तीय सप्ताह अन्तर्गत कामना सेवाले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो । फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५...

कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग बुढानिलकण्ठलाई गोप्रो हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग बुढानिलकण्ठलाई गोप्रो हस्तान्तरण
  काठमाडौं - कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ ।बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योग राज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनको लागि महत्वपुर...

आज पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै

आज पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
  काठमाडौँ । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिक रूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।आज औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्नेछन् । फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली र प्राकृत पोखराका लेख...

चैत महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको यस्तो छ नयाँ ब्याजदर,कसको कति ?

चैत महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको यस्तो छ नयाँ ब्याजदर,कसको कति ?
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । चैत महिनाका लागि एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । बैंकहरुमा अधिक तरलता थ्प्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका छन् । तरलता प्रयाप्त भएपनि सोहि अनुपातमा कर्जा प्रवाह भने हुन सकिरहेको छैन । ...