×

आर्थिक

सुनमा दिनदिनै उच्च मूल्य रेकर्ड, आइतबार १ हजार बढ्यो

सुनमा दिनदिनै उच्च मूल्य रेकर्ड, आइतबार १ हजार बढ्यो
  काठमाडौं । विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार...

चितवनमा भोलिदेखि नवौं फर्मा एक्स्पो २०२४ सुरु हुँदै

चितवनमा भोलिदेखि नवौं फर्मा एक्स्पो २०२४ सुरु हुँदै
चितवन। चितवनमा फागुन २५ गतेबाट हुने नवौं फर्मा एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको एक्स्पोबारे भरतपुरमा पत्रकार सम्मेलनमार्फत् तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो । नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पो हामीले विदेशीबाट सिक्ने र विदेशीले हामीबाट सिक्ने ठाउँ भएको बताउनुभयो । उहाँले एक्स्पोमा विदेशी विज्ञ प्राविधिकहरु, उपकरण उत्पादक, सरकारी प्रतिनिधि लगायतका पाहुनाहरुको उपस्थिति रहने जानकारी दिं...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड,  कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ ।मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो ।यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३...

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक
  काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

साउनदेखि कर्मचारीको उमेर ६० वर्ष

साउनदेखि कर्मचारीको उमेर ६० वर्ष
  काठमाडौँ । संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको संघीय निजामती सेवा ऐन, २०८० मा निजामती कर्मचारीको उमेर हद बढाएर ६० पुर्‍याइएको छ तर अर्को आर्थिक वर्षदेखि मात्रै लागू हुने व्यवस्था गरिएको हो ।ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउनेछ ।’ तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद अन्ठाउन्न वर्ष कायम रहने छ । सो व्यवस्था अनुसार यदि सरकारले यो आर्थिक वर्ष अर्था...

सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
  काठमाडौँ। सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्नका लागि आज अन्तिम दिन तोकिएको छ ।बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा १ दिन बाँकी रहँदा अर्थात् मंगलबार साँझ ५ बजेसम्म कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परेको हो । कुल १० अर्ब २२ करोड रुपैयाँ रकमको आवेदन परेको छ । सीडीएसको अनलाइन प्रणाली मेरो सेयरमार...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि, प्रतिकित्ता मूल्य कति ?

सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि, प्रतिकित्ता मूल्य कति ?
  काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु। ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको आवेदन खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागु...

सवा अर्ब लगानीमा चितवनमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा

सवा अर्ब लगानीमा चितवनमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा
  चितवन– गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गरे । ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमि...