×

चितवन। खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गर्ने भरतपुरस्थित ‘वैष्णव रेष्टुरेन्ट’मा जिल्ला प्रशासन कार्यालय चितवनले ताला लगाएर बन्द गरिदिएको छ। रेष्टुरेन्टमा खाना खाने क्रममा ग्राहकको प्लेटमा सिधै ‘शंखेकिरा’ भेटिएपछि प्रशासनले यस्तो कडा कदम चालेको हो।

रेष्टुरेन्टमा खाना खाइरहेका सेवाग्राहीले सागमा शंखेकिरा तैरिरहेको देखेपछि तत्काल जिल्ला प्रशासन कार्यालयलाई खबर गरेका थिए। सूचना पाउनासाथ सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माको नेतृत्वमा पुगेको आकस्मिक अनुगमन टोलीले रेष्टुरेन्टको भान्छामा झनै भयावह स्थिति फेला पारेको थियो।

अनुगमनका क्रममा सागमा किरा मात्र होइन, रेष्टुरेन्टले खाना पकाउन प्रयोग गरिरहेको तेलको गुणस्तर समेत अत्यन्तै कमजोर र अखाद्य पाइएको छ। उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष रूपमा गम्भीर खेलबाड भइरहेको पुष्टि भएपछि प्रशासनले रेष्टुरेन्टमा तत्कालै सिलबन्दी (ताला) गरिदिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले उपभोक्ता अधिकार र स्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायलाई पनि कानुनी दायरामा ल्याइने दृढता व्यक्त गर्नुभएको छ। “हामीले उक्त रेष्टुरेन्टलाई तत्कालका लागि पूर्ण रूपमा बन्द गराएका छौँ,” शर्माले भन्नुभयो, “अब आवश्यक सुधारका लागि लिखित प्रतिबद्धता जनाउने, तोकिएको कडा जरिवाना भुक्तान गर्ने र खाद्य विभागको मापदण्ड पूर्ण रूपमा पालना गरेको

जिल्ला प्रशासन कार्यालयले खाद्य स्वच्छता र गुणस्तरका सवालमा कुनै पनि हालतमा ‘कम्प्रोमाइज’ (सम्झौता) नगर्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया