गैँडाकोट- चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था अरोमा कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ। कलेजले विज्ञान र व्यवस्थापन संकाय तर्फ नयाँ भर्ना खुला गरेको हो।
कलेजका प्रिन्सिपल शेर बहादुर क्षेत्रीका अनुसार विद्यार्थीहरूले विज्ञान संकाय तर्फ जैविक विज्ञान (Bio Science) र कम्प्युटर विज्ञान (Computer Science) तथा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट (Hotel Management) र व्यवस्थापन (Management) विषयमा भर्नाका लागि आवेदन दिन सक्नेछन्।भर्ना हुन इच्छुक विद्यार्थीहरूले आगामी जेठ ४ गतेभित्र कलेजको लेखा शाखाबाट फारम भरी नाम दर्ता गराइसक्नुपर्ने कलेज प्रशासनले जनाएको छ।
विद्यार्थीहरूको सहजताका लागि कलेजले जेठ ५ गते दुई चरणमा प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। जसअनुसार पहिलो चरणको परीक्षा जेठ ५ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म र दोस्रो चरणको परीक्षा सोही दिन बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन हुने प्रिन्सिपल क्षेत्रीले जानकारी दिनुभयो। प्रवेश परीक्षाको नतिजा जेठ ५ गते साँझ नै प्रकाशन गरिने कलेजले जनाएको छ।
कलेजको लेखाशाखा बाट धमाधम फारम वितरण भइरहेको र सीमित सिट संख्या रहेकाले समयमै आफ्नो सिट सुरक्षित गर्न समेत कलेज प्रशासनले सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा अनुरोध गरेको छ।





उज्यालो खबर



