×

क्यानडामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरूका लागि लक्षित गर्दै सिएससी ग्लोबल (CSC Global) ले विशेष कार्यक्रम ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ आयोजना गर्ने भएको छ।उक्त कार्यक्रम यही पौष १३ गते (डिसेम्बर २८) सिएससी ग्लोबलको कार्यालय, गणेश हल मार्ग, लायन्सचोक, चितवन मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सिएससी ग्लोबल चितवनका सिनियर काउन्सिलर रुपेश गौतम का अनुसार कार्यक्रमको मुख्य उद्देश्य क्यानडामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई एडमिसन, स्कलरशिप तथा भिसा प्रक्रियासम्बन्धी स्पष्ट, व्यवहारिक र भरपर्दो जानकारी प्रदान गर्नु हो। कार्यक्रममा क्यानडाका विभिन्न प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूको प्रतिनिधित्व रहने र प्रत्यक्ष परामर्श सेवा प्रदान गरिने जनाइएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षण भनेको भिसा सफलता दर उच्च रहेको सिएससी ग्लोबलको अनुभव साटासाट गर्नुका साथै, अघिल्लो पटक भिसा अस्वीकृत (refusal) भएका विद्यार्थीहरूका लागि पुनः आवेदन दिने सम्भावना, प्रक्रिया र रणनीतिबारे विस्तृत जानकारी प्रदान गरिनु हो। यसले विगतमा भिसा समस्याका कारण निराश भएका विद्यार्थीहरूका लागि नयाँ आशा जगाउने आयोजकको विश्वास छ।

त्यसैगरी कार्यक्रममा सेप्टेम्बर तथा केही जनवरी इन्टेकका लागि उपलब्ध कोर्सहरू, डिपेन्डेन्ट (पति/पत्नी) आवेदन प्रक्रिया, किफायती शुल्क संरचना, छिटो र सहज आर्थिक कागजात प्रक्रिया तथा उच्च स्कलरशिप अवसरहरूबारे पनि जानकारी दिइनेछ।

चितवनमा मुख्य कार्यालय रहेको सिएससी ग्लोबलले विद्यार्थीहरूलाई क्यानडामा अध्ययनको प्रारम्भिक तयारीदेखि लिएर सम्पूर्ण अध्ययन अवधिभर आवश्यक सहयोग गर्दै आएको जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले अनुभवी, प्रमाणित र समर्पित काउन्सलरहरूसँग प्रत्यक्ष भेटघाट गर्दै टु–वन काउन्सलिङ लिन सक्नेछन्।

क्यानडामा अध्ययन गर्न चाहने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई कार्यक्रममा सहभागी भई विज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सिएससी ग्लोबलले आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया