चितवन । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । दुई दिन चलेको अन्तरपालिका कबड्डी प्रतियोगितामा पुरुषतर्फ कालिका नगरपालिकाले उपाधि जितेको छ ।
आज (सोमबार) भएको फाइनलमा खैरहनी नगरपालिकालाई हराउँदै कालिकाले उपाधि जितेको हो । योसँगै खैरहनीले उपविजेतामा चित्त बुझाएको छ । उता महिला तर्फको उपाधि भने भरतपुर महानगरपालिकाले जितेको छ ।
आजै भएको फाइनलमा राप्ती नगरपालिकालाई हराउँदै भरतपुर महानगरपालिकाले महिलातर्फको उपाधि जितेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि न. १७ शशस्त्र प्रहरी गणका प्रहरी नायव निरिक्षक सुदन भारती, सभापति चितवन जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा चितवनबाट पालिकाहरुबाट ९ टोली सहभागी भएको महोत्सवका खेल संयोजक छविरमण तिमल्सिनाले जानकारी दिए । जसमा पुरुष ५ र महिलाका ४ टिम थिए । यससँगै महोत्सवमा सबै खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् । मंगलबार खेलकुद प्रतियोगिताको समापन गरिने तिमल्सिनाले बताए ।





















उज्यालो खबर

















