×

चितवन । नेपालमा कमै मात्रामा स्थान पाउने गरेको खेल सेपाकताक्रो नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा खेलाईएको छ । दुई दिनसम्म चलेको सेपाकताक्रो प्रतियोगिताको पुरुष तर्फको उपाधि नवलपुर सेपाकताक्रो संघ नवलपुरले जितेको छ ।

आज ९शनिबार० बिहान सम्पन्न प्रतियोगिताको फाइनलमा सिद्धिबिनायक मावि भरतपुर ११ बसेनीलाई हराउँदै नवलपुर सेपाकताक्रो संघले उपाधि जितेको हो । नवलपुरबाट विजय महतो, विपिन थनेत, पदमबहादुर ठाडा मगर, निरज महतो र नरकुमार मगरले प्रतिस्पर्धा गरेका थिए । उपविजेता बनेको सिद्धिबिनायकको टिममा समिर गुरुङ, स्म्रिङ्ग रोका क्षेत्री, रितेश महरका क्षेत्री, असल बराम र सोहम क्षेत्री रहेका थिए ।

यस्तै महिलातर्फको उपाधि पनि नवलपुर सेपाकताक्रो संघ नवलपुरले नै जितेको छ । आजै बिहान सम्पन्न फाइनलमा भानुभक्त माविलाई भरतपुर १ लाई हराउँदै नवलपुरले ट्रफी जितेको हो । महिलातर्फ नवलपुरको टिममा निरु थापा मगर, प्रतिक्षा थानेत, सलिना गुरुङ, रितु गुरौ, पूर्वि पौडेल रहेका थिए । यस्तै उपविजेतामा सीमित भानुभक्तको टिममा मनिका गुरुङ, विनिता गुरुङ, रेविका गुरुङ, अन्जु लिम्बु, आइतमाया लिम्बु रहेका थिए ।

प्रतियोगितामा ८ टोली सहभागी रहेका थिए । जसमा पुरुषका ५ र महिलाका ३ टिम रहेका थिए । महोत्सवमा आइतबारबाट कबड्डी प्रतियोगिता सुरु हुने महोत्सवका खेल संयोजक छवि तिमल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया